SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

रास्वपा संविधानको स्टेकहोल्डर होः सांसद न्यौपाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन् । संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । संविधान निर्माणका क्रममा आफूहरूले सार्वजनिक रूपमा संविधान निर्माण प्रक्रिया नरोक्न दबाब दिएको उनले बताए ।