संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताएका छन् । संविधान दिवसका अवसरमा शितल निवासमा शनिवार आयोजित चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
