SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी

काठमाडौं । नेपाली टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले एशियन गेम्समा पदक जित्ने लक्ष्य रहेको बताएका छन् । शनिवार एशियन गेम्समा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा उनले नेपाली टोली पदक जित्ने लक्ष्यका साथ जापान प्रस्थान गर्न लागेको बताएका हुन् ।