SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

नेपाल संसदीय प्रणालीबाट दायाँबायाँ हुनु हुँदैनः वरिष्ठ अधिवक्ता केसी

काठमाडौं । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले नेपाल संसदीय प्रणालीबाट दायाँबायाँ लाग्न नहुने बताएका छन् । संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले संविधान संसोधनमार्फत संसदीय व्यवस्थालाई अझ परिस्कृत बनाउनुपर्ने बताए । हाल नेपालको संविधानले अपनाएको संसदीय प्रणालीमा विभिन्न मुलुकका शासन प्रणालीका विशेषता मिसिएको उनको भनाई छ ।