पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले केएमसीमा विशेष छुट पाउने
काठमाडौँ । पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौँ मेडिकल कलेज (केएमसी)बाट स्वास्थ्य उपचारमा विशेष छुट तथा सुविधा पाउने भएका छन् । शुक्रवार पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौँ मेडिकल कलेजबीच स्वास्थ्य उपचार सहयोग प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
