SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

रोहितले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्‍याउनु मेरो जिम्मेवारी: कप्तान लामिछाने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रवार एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरेको छ । आगामी प्रतियोगिताहरूको तयारी र एसिसी प्रिमियर कपमा सहभागिता जनाउन मलेसिया जानुअघि टोलीलाई शुभकामनासहित बिदाइ गरिएको हो ।