SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँ: पारस खड्का

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरेको छ । शुक्रवार काठमाडौँमा आयोजित बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचनामा महत्त्वपूर्ण परिवर्तन गरिएको जानकारी दिए ।