नवनियुक्त प्राज्ञहरूको कार्यविभाजनः राष्ट्रिय गजल दिवस मनाइने
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को बैठकले नवनियुक्त पदाधिकारीको कार्य विभाजनसहित राष्ट्रिय गजल दिवस मनाउने निर्णय गरेको छ । प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको अध्यक्षतामा भएको बैठकले विभागीय जिम्मेवारी तोकेको हो ।
