SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

‘ए मेरो हजुर ५’को छायांकन सुरु, नयाँ वर्षमा रिलिज हुने

काठमाडौँ । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो ।