SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर धनकुटाका युवकको मृत्यु

खोटाङ । ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका–३ का ३५ वर्षीय लीला मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निराजन बस्नेतले जानकारी दिए ।