SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

मंगोलियाको झन्डै ८२ प्रतिशत भूभाग मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित

एजेन्सी । मंगोलियाको कूल भूभागको कम्तीमा ८१.९ प्रतिशत क्षेत्र कुनै न कुनै रूपमा मरुभूमीकरण र भूमि क्षयबाट प्रभावित भएको पाइएको छ । मंगोलियाको वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयले बुधवार सार्वजनिक गरेको नयाँ राष्ट्रिय मूल्याङ्कन प्रतिवेदनले यस्तो डरलाग्दो तथ्य उजागर गरेको हो ।