SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

म्यानमारको याङ्गुनमा ९० जनाभन्दा बढीमा हैजा पुष्टि, एक जनाको मृत्यु

एजेन्सी । म्यानमारको याङ्गुन क्षेत्रमा ९० जनाभन्दा बढी व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको छ । म्यानमारको स्वास्थ्य मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार यस संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार हाल याङ्गुनका विभिन्न अस्पतालमा झाडापखालाका लक्षण भएका १७१ जना उपचाररत छन् ।