SHARE
अन्नपूर्ण · शुक्रबार​ २९ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

नेपालकी काजल एसियन पारा गेम्स र विश्व पुम्से च्याम्पियनसिपको रेफ्रीमा छनोट

सिमरा : अन्तर्राष्ट्रिय रेफ्री काजल श्रेष्ठ जापानको आइची नागोयामा हुने पाँचौँ एसियन पारा गेम्सको रेफ्री (निर्णायक) मा छनोट भएकी छिन्। विश्व तेक्वान्दो महासंघले काजललाई प्रतियोगिताको निर्णायकका रूपमा छनोट गरेको हो।काजलले अक्टोबर १८ देखि २४ सम्म हुने एसियन पारा गेम्समा निर्णायकको भूमिका निर्वाह गर्नेछिन्। एसियन पारा गेम्समा निर्णायकका रूपमा छनोट हुने काजल नेपालकै पहिलो महिला अन्तर्राष्ट्रिय रेफ्री हुन्।