SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

व्यवसायी कैलाश खड्का पक्राउ

काठमाडौं : मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई आज पक्राउ गरेको हो।प्रधानमन्त्रीको निर्देशनपछि सीआईबीले खड्कासहित अन्य मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान अघि बढाएको स्रोतको भनाई छ।