SHARE
अन्नपूर्ण · बिहीबार २९ असो २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

जेन्जी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति दुई थान पेस्तोलसहित पक्राउ

काठमाडौं : सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको गोली हानि हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४८ वर्षीय मेघराज भन्ने बाबु थापालाई पेस्तोल तथा गोलीसहित पक्राउ गरिएको हो ।प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन ।