SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

दमौली । तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तनहुँको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको हो । उक्त भवनको २०८० साल असोज ९ गते शिलान्यास गरिएको थियो ।