SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०३:११ AM · 1 मिनेट पढाइ

पूर्वाधारका योजना धमाधम कार्यान्वयन गरिँदै

म्याग्दी । बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै पहिलो पटक विद्युतीय माध्यमबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ । सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारका कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार मातहत खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय डिजिटल प्रविधिलाई कार्यान्वयनमा ल्याउने यो कार्यालय पहिलो बनेको हो ।