एनसेलको छानबिन प्रतिवेदन : कारोबारदेखि कर र क्रसहोल्डिङसम्म प्रश्न
काठमाडौं : एनसेलको सेयर तथा स्वामित्व हस्तान्तरणमा पटक–पटक विदेशी संरचना प्रयोग भएको, ८० प्रतिशत सेयर खरिद–बिक्री पूर्वस्वीकृतिबिनै भएको र कारोबार मूल्य तथा लगानीको स्रोतसमेत स्पष्ट नभएको भन्दै छानबिन समितिले गम्भीर प्रश्न उठाएको छ।पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगाल नेतृत्वको समितिले एनसेलको सेयर कारोबारबारे थप अनुसन्धान गर्न सुझाव दिएको छ।
