SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति प्रहरीका पूर्व उच्च अधिकारीहरूको आपत्ति

काठमाडौं : सार्वजनिक लेखा समितिमा सत्तापक्षकै सांसदहरूले प्रहरीमाथि अमर्यादित रूपमा प्रस्तुत भएको आरोप लागेको छ। संसदीय मर्यादा विपरीत सत्तापक्षका सांसदहरूले प्रहरी अधिकारीहरूको हुर्मत लिन खोजेको आरोप लगाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त विषयमा गम्भीर आपत्ति जनाएको छ। कांग्रेसले उन्नत लोकतन्त्रका मूल्य-मान्यताविपरीत सत्तापक्षका सांसदहरूलाई आफ्नो आचरण र मर्यादामा रहन आग्रह गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।