सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
