सरकार र लघुवित्त पीडितबिच ७ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबिच ७ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा बिहीबार भएको निर्णायक वार्ता सफल भएसँगै लघुवित्त पीडितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौं केन्द्रित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेका छन् ।
