SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक खेती प्रवर्द्धन गर्न सांसदहरूको सुझाव

काठमाडौँ । सांसदहरूले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै प्राङ्गारिक मल तथा दिगो कृषि प्रणालीलाई प्रवर्द्धन गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा भएको जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धी छलफलमा सांसदहरूले प्राङ्गारिक मलको प्रयोगमा जोड दिएका हुन् ।