भदौ ३ गतेका लागि कोशी प्रदेशसभाको बैठक आह्वान
काठमाडौं । कोशी प्रदेससभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ः०० बजे बस्ने भएको छ । कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गरेको सूचनाअनुसार गत असार २४ गते अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको थियो आगामी बैठक कोशी प्रदेशसभा कटहरीमा बस्ने सूचनामा जनाइएको छ ।
