गत्लाङमा डिजिटल ‘क्युआर कोड’ पुस्तकालय निर्माण
रसुवा। जैविक विविधताले भरिपूर्ण हिमाली जिल्ला रसुवाको गत्लाङ वन क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘क्युआर कोड’ पुस्तकालय निर्माण गरिएको छ । करिब १७ वर्ष अगाडि लागेको डढेलोबाट भग्नावशेष बनेको वनको पुनरुत्थान गर्दै यहाँका रूखहरूमा ‘क्युआर कोड’ टाँसेर कागजविहीन नवीन पुस्तकालय निर्माण गरिएको हो ।
