SHARE
पर्दाफास · बिहीबार २८ साउन २०८३ १०:५६ AM · 1 मिनेट पढाइ

हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रस्तावसहितको विधेयकमाथि छलफल

राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सभाले स्वीकृत गरेसँगै दफावार छलफलको प्रक्रिया अगाडि बढेको हो ।