SHARE
पर्दाफास · आइबार​ २८ भौ २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा इनरुवाका दुई युवाको मृत्यु

इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा–३ का दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।