सुरक्षा निकायविरुद्ध अफवाह र घृणा फैलाएको आरोपमा एक जना पक्राउ
विपद्को संवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय र राष्ट्रसेवकहरूबारे सामाजिक सञ्जालमा घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८ बानियाँ टार बस्ने २७ वर्षीय जनक परियार रहेका छन्। उनलाई काठमाडौँको अनामनगर क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
