SHARE
पर्दाफास · आइबार​ २८ भौ २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।