SHARE
पर्दाफास · आइबार​ २८ भौ २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व सङ्कलन

नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रसुवागढी–केरुङ र तातोपानी नाका अवरुद्ध भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तुको पैठारी ह्वात्तै बढेको छ ।