SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

बाढीमा घरबास गुमाएकालाई बागमती प्रदेश सरकारले आवास बनाइदिने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताए । भक्तपुरका सञ्चारकर्मीहरूसँग आज सूर्यविनायकमा छलफलका क्रममा उनले घरबास गुमाएकाहरूको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुर्नवासको व्यवस्था गर्ने बताए।