न्यायालयको स्वच्छ आलोचना र रचनात्मक टिप्पणी स्वीकार्नुपर्छ : प्रधानन्यायाधीश
सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयको स्वच्छ आलोचना र रचनात्मक टिप्पणीलाई स्वीकार गर्नुपर्ने भए पनि निहीत स्वार्थका लागि मनोगत आधारमा गरिने आलोचनाले न्यायिक क्षेत्रको मर्यादा र जनआस्थामा आँच पुग्ने बताएका छन् ।
