कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले जानकारी दिएका हुन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि भनिएको छ।
