SHARE
पर्दाफास · बिहीबार २८ साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले यस्तो जानकारी दिएकी हुन् ।