पूर्वप्रधानमन्त्री देउवालाई विमानस्थलमा भव्य स्वागत
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। सिंगापुरमा थप उपचार गराएर देउवा बिहीबार अपरान्ह थाइ एयरवेजबाट नेपाल फर्किएका हुन्।उनलाई विमानस्थलमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन्। देउवाको स्वागतमा विमानस्थलमा बाजागाजा तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको छ।
