SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

सिंहदरबारभित्रै १४२ प्रकारका खाद्य–गैरखाद्य वस्तुको बिक्री कक्ष

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ । लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो ।सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी थिइन् । बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन् ।