SHARE
पर्दाफास · बिहीबार २८ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै प्रहरी परिसरअगाडि पत्रकारको धर्ना

नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठको पक्राउको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि धर्ना दिएको छ । महासंघको नेतृत्वमा पत्रकारहरूले बिहीबार काठमाडौं प्रहरी परिसरअगाडि धर्ना दिँदै श्रेष्ठको तत्काल रिहाइको माग गरेका हुन् ।