खगेन्द्र सुनारको गम्भीर आरोपले चिढिए आईजीपी
काठमाडौं : रास्वपा सांसद खगेन्द्र सुनारले घरबाट ३ करोड रुपैयाँ चोरी भएको र पोसाक खरिदमा भ्रष्टाचार गरेको भन्दै गम्भीर आरोप लगाएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्की कडा रूपमा चिढिएका छन् ।बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरीको पोसाक खरिदमा भएको अनियमितताबारे छलफलका क्रममा सांसद सुनार र आईजीपीबीच दोहोरी चलेको हो ।
