SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा,विमानस्थलमा कार्यकर्ताको भीड

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब ६ महिनापछि स्वदेश फर्किएका छन्। सिंगापुरमा थप उपचार गराएर देउवा बिहीबार अपरान्ह थाइ एयरवेजबाट नेपाल फर्किएका हुन्। उनी सवार जहाज भर्खर विमानस्थलमा अवतरण भएको छ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागतको तयारी गरेका छन्। देउवाको स्वागतमा विमानस्थलमा बाजागाजा तथा सांस्कृतिक झाँकीसमेत पुगेका छन्।