SHARE
पर्दाफास · बिहीबार २८ साउन २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

देउवाको नेपाल आगमन : ‘उत्साह’ र ‘शंका’विचको भावी राजनीति

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता हुने विषयले यतिबेला कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । उनी फिर्ता हुने विषय मात्र होइन सर्वोच्च अदालतले विशेष महाधिवेशनका सन्दर्भमा पुनरावलोकन गर्न आदेश दिएको प्रसंगले पार्टीको राजनीति थप गिजोलिएको छ ।