SHARE
पर्दाफास · बिहीबार २८ साउन २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल बिनाशर्त रिहा गर्न माग

नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघका अनुसार साउन २७ गते राति करिब ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले श्रेष्ठलाई ललितपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।