SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ ११:०० AM · 1 मिनेट पढाइ

रोल्पाको थबाङ पहिरो अपडेट: मृतक संख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता

रोल्पा: रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। बिहीबार बिहानदेखि जारी खोजी तथा उद्धार अभियानका क्रममा ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको हो।यसअघि १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको पुष्टि भइसकेको थियो। घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्।हालसम्म ९ जना अझै बेपत्ता रहेका छन्।