बुटवलका स्पामा प्रहरीको छापा, १२ जना पक्राउ
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका क्षेत्रमा सञ्चालित मसाज सेन्टर (स्पा) हरुमा अमर्यादित क्रियाकलाप गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार यस क्षेत्रका २५ वटा स्पाहरुमा सरोकारवाला निकायहरुको सहभागितामा इलाका प्रहरी कार्यालय बुटवलले अनुगमन गरेको हो ।
