SHARE
पर्दाफास · बिहीबार २८ साउन २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै

सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याइने भएको छ । उपभोक्तालाई वर्षभरी नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।