SHARE
पर्दाफास · बिहीबार २८ साउन २०८३ ०३:०५ AM · 1 मिनेट पढाइ

रोल्पा पहिरो अपडेट : २ जनाको मृत्यु, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। घटनामा २ जना घाइते भएका छन्। बुधबार राति करिब ८ः४० बजे खसेको पहिरोले स्थानीय कमलबहादुर पुनमगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको हो।