SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

राष्ट्र कंक्रिटले होइन, नागरिकले बन्छ

आज विकासको कुरा उठ्नेबित्तिकै हाम्रो आँखाअगाडि सडक, पुल, सुरुङमार्ग, विमानस्थल, जलविद्युत् आयोजना, अग्ला भवन र औद्योगिक क्षेत्रको चित्र आउँछ। कुनै नयाँ आयोजना उद्घाटन भयो भने त्यसलाई विकासको प्रमाणका रूपमा प्रस्तुत गरिन्छ। सरकारहरू आफ्ना उपलब्धिहरू पूर्वाधारको लम्बाइ, भवनको उचाइ वा आयोजनाको संख्याले मापन गर्छन्। तर एउटा गम्भीर प्रश्न हामीले आफैंलाई सोध्नुपर्छ— के विकास भनेको केवल कंक्रिटको संरचना निर्माण गर्नुमात्र हो ? उत्तर स्पष्ट छः होइन।