SHARE
अन्नपूर्ण · बिहीबार २८ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

चार महिनामै पुग्न छोड्यो संसद्मा गणपूरक संख्या

काठमाडौं : काठमाडौं प्रतिनिधिसभाको कार्यकाल सुरु भएको चार महिना नपुग्दै बैठकमा गणपूरक संख्या पुग्न छाडेपछि संसद्को प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।बैठकमा सांसदहरूको न्यून उपस्थितिलाई लिएर आलोचना सुरु हुन थालेको छ। झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारका विधेयकमाथिको निर्णय प्रक्रियामा समेत गणपूरक संख्या नपुग्नु संसदीय अभ्यासकै लागि गम्भीर विषय भएको सरोकारवालाहरूको भनाइ छ।