SHARE
पर्दाफास · बुधबार २७ साउन २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

निर्वाचन प्रहरीको पोसाक खरिदमा सशस्त्र प्रहरीको संलग्नता छैन : आईजीपी पौडेल

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा संगठनको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधवार संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले निर्वाचनका लागि भर्ना गरिएका जनशक्तिको पोसाक खर्च सिधै उनीहरूको बैंक खातामा पठाइएकाले यसमा अनियमितताको कुनै सम्भावना नरहेको बताए ।