SHARE
पर्दाफास · बुधबार २७ साउन २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने भएका छन्। नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न संवैधानिक दायित्व पूरा गर्न उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।