SHARE
पर्दाफास · बुधबार २७ साउन २०८३ ०३:२९ AM · 1 मिनेट पढाइ

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै मोबिलिटी क्षेत्र विदेशी लगानी (एफडीआई) आकर्षित गर्न सक्ने नयाँ सम्भावनायुक्त क्षेत्रका रूपमा उभिन थालेको छ । यही सम्भावनालाई केन्द्रमा राख्दै आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लगानी, प्रविधि हस्तान्तरण र हरित यातायात प्रणालीको विकासबारे व्यापक बहस भएको छ ।