SHARE
पर्दाफास · बुधबार २७ साउन २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७३८ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७३८ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ ।